Banijya News

सडकमा सुवोध देवकोटाको अनियमितता: मनपरी कर्मचारी भर्ना, ६० हजारसम्म तलब भत्ता, ज्यालादारी मजदुर हटाएर आफ्ना मान्छे भर्ना

1
1.1K Shares

आफ्नो जागिरे जीवनमा सधैं आकर्षक कार्यालयमा बस्दै आएका सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख सुवोध देवकोटाले केही प्राविधिक पदमा आफ्ना मान्छे भर्ना गरी ५०÷६० हजारसम्म तलब खुवाउने गरेका छन् ।
काठमाडौं डिभिजनमा आउने बित्तिकै उनले ठूलो संख्यामा दैनिक ज्यालादारी काम गर्दै तल्लो तहका मजदुरलाई हटाएर ‘राज्यको पैसा जोगाएँ’ भनी प्रचार गरेका थिए । त्यो उनको सस्तो र कृत्रिम प्रचार थियो । किनभने कर्मचारी हटाउने अभियानमा उनी टिकेनन् । केही पुरानै कर्मचारीलाई दोह¥याए । केही नयाँ कर्मचारी भर्ना गरे । आफ्ना मान्छे भर्ना गरे । पहिलेको भन्दा तलब बढाए ।

दैनिक ज्याला मदजुरी काम गरी आफ्नो परिवार पाल्दै आएका नेपाली नागरिकलाई जागिरबाट हटाएको विषयलाई उनले आफनो जीवनको सबैभन्दा साहसिक काम ठाने र यसलाई हुनसम्म मार्केटिङ गरे ।
यतिबेला सुवोधले ४ जना कर्मचारीलाई ५०-६० हजार तलब दिएर राखेका छन् । आइटी इन्जिनियर, टेक्निकल ल्याव, सुपरीवेक्षकको नाममा उनले ४ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । यसबारेमा अख्तियारले राम्रोसँग छानबिन गर्ने हो भने यसमा ठूलो अनियमितता देखिने निश्चित छ ।

‘पुराना ज्यालादारी कर्मचारी हटाए, राज्यको पैसा जोगाएँ’ भनी उहाँले ठूलो प्रचार गर्नुभयो । तर पुरानो कर्मचारीको ठाउँमा केही आफ्ना मान्छे भर्ना गर्नुभयो । केही पुरानै दोहो¥याउनुभयो । कर्मचारीलाई तलब खुवाउन राज्यको पैसा पहिलेको भन्दा अहिले झन् बढी खर्च भएको देखियो ।’ उक्त कार्यालयकै एक कर्मचारीले भने, ‘कर्मचारी हटाइ राज्यको पैसा जोगाए भनी प्रचार गरिसकेपछि आफ्नो निर्णयमा टिक्न सक्नुपथ्र्यो । तर उहाँ टिक्न सक्नुभएन । त्यसैले उहाँको त्यो प्रचार केवल आफ्नो सस्तो पपुलारिटी देखाउनका लागि मात्र थियो ।’

सरकार भनेको हरेक नागरिकको अभिभावक हो । नागरिकको जागिर खोसेर घमण्ड गर्ने सरकारकै एक अंग देवकाटाको यस्तो शैली देखेर डिभिजनकै कर्मचारीहरु आजित भएका छन् । अझै रोचक बिषय के छ भने देवकाटोले यतिसम्म दादागिरी देखाउने गरेका छन् कि, काठमाडौं डिभिजनमा भर्ना गरेका कर्मचारीहरुको तलब सडक डिभिजन भक्तपुरबाट खुवाउने गरेका छन् । उनले काठमाडौ डिभिजनमा जोगिएको कन्टिजेन्सी मनपरी खर्च गरेका छन्, तर पैसा पुगेन भन्दै अन्य डिभिजनसँग माग्ने गरेका छन् ।

केही महिनाअघि देवकोटाले सडक सफाइ गर्ने मजदुर (लेन्थ वर्कर)लाई कार्यालयमा बोलाइ दर्ता चलानी, लेखाको काम गर्न लगाएका थिए । सडक सफा गर्ने काम गर्दै आएका लेन्थ वर्करले कार्यालयमा लेखा तथा दर्ता चलानीको काम कसरी गर्न सक्छन् ? त्यो व्यवहारिक थिएन । त्यसैले त्यसमा उनी सफल भएनन् ।

सडक डिभिजन नुवाकोटमा हुँदा देवकोटाले यस्तै अन्टसन्ट काम गरेका थिए । ‘उत्कृष्ट ल्याब बनाएँ’ भन्दै उनले सडक विभागको पुरस्कार समेत पाएका थिए । जब कि, त्यो पुरस्कार पाउने बिधा नै थिएन । उनलाई पुरस्कार दिने ठाउँ नै नभए पछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले यस्तो आइडिया निकालेका थिए । त्यतिबेला मिलोमतोमा पुरस्कार बाँडिएको थियो ।

1

Scroll to Top