Banijya News

नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

1
1.0K Shares

नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका भक्तजनले पूजा, आराधना एवम् दर्शन गरिरहेका छन्।

वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना हुने भएकाले दर्शनका लागि भक्तजनको लाम लागेको कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए। चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार परेकाले पनि पशुपति क्षेत्रमा भक्तजनको चाप बढेको छ।

1

Scroll to Top