Banijya News

डीडीसीको चिज अब डोल्पामा उत्पादन हुने

1
1.0K Shares

डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ।

गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ। जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि भएको सम्झौताअनुसार डिडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ भने गाउँपालिकाले उत्पादन गरेको चिज डीडीसीले खरिद गर्नेछ। सम्झौतापछि डीडीसीले काठमाडौंबाट प्राविधिक टोली पठाएर उद्योग सञ्चालनको काम तत्काल अघि बढाउने जनाएको छ।

डीडीसीका महाप्रबन्धक डा। शरणकुमार पाण्डेका अनुसार यहाँबाट वार्षिक करिब ३० टनसम्म याक चिज उत्पादन गर्न सकिने सम्भावना छ। डोल्पा देशमै धेरै चौरीपालन हुने जिल्लामध्ये एक हो।

स्थानीयका अनुसार डोल्पाका चौरी तथा याकले यार्सागुम्बालगायत विभिन्न हिमाली वनस्पति चरन गर्ने भएकाले यहाँ उत्पादन हुने चिजको स्वाद र गुणस्तरमा समेत छुट्टै विशेषता रहने अपेक्षा गरिएको छ।

1

Scroll to Top