Banijya News

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, भोटेकोशी विपदमा छलफल

1
1.0K Shares

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय सुरु भएको छ।

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतका नेताहरू उपस्थित छन्। अन्य दलका प्रतिनिधिहरू पनि बैठकमा सहभागी रहेको जनाइएको छ।

1

Scroll to Top