Banijya News

पद्म ज्योति समूहद्धार बाढीपीडितको पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ सहयोग

1
1.0K Shares

देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पद्म ज्योति समूहले १ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषमा हस्तान्तरण गरिएको सहयोग रकम विपद्पीडित परिवारको राहत, अस्थायी आवास व्यवस्थापन तथा पुनस्र्थापना कार्यक्रमका लागि उपयोग गरिने जनाइएको छ।

पद्म ज्योति समूहले प्राकृतिक विपद्को कठिन घडीमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा उभिनुपर्ने विश्वासका साथ सहयोग उपलब्ध गराएको जनाएको छ। समूहका अनुसार बाढीपहिरोबाट प्रभावित नागरिकहरूको दैनिकी सामान्य अवस्थामा फर्काउन सरकारी प्रयासलाई सघाउने उद्देश्यले यो योगदान गरिएको हो।

हाल देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ भने हजारौं नागरिक विस्थापित भएका छन्। राहत, उद्धार तथा पुनर्निर्माणका लागि सरकारी स्रोतसँगै निजी क्षेत्र, सामाजिक संस्था र विभिन्न संघसंस्थाको सहयोग पनि जुटिरहेको छ।

1

Scroll to Top