Banijya News

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख रुपैयाँ सहयोग

1
1.0K Shares

रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले उक्त रकम विपद्पीडितहरूको सहयोगार्थ सरकारी कोषमार्फत उपलब्ध गराएको जनाएको छ।

सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। बाढीका कारण प्रभावित क्षेत्रका नागरिकहरूले ठूलो मानवीय, सामाजिक तथा आर्थिक क्षति व्यहोर्नुपरेको अवस्थामा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

बैंकका अनुसार प्राकृतिक विपद्का कारण कठिनाइमा परेका नागरिकहरूको साथमा उभिनु संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष हो। यही भावनाअनुसार प्रभावित समुदायलाई आवश्यक राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका प्रयासलाई सहयोग गर्न रकम प्रदान गरिएको हो।

सिद्धार्थ बैंकले विपद्को यस कठिन घडीमा राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन आफ्नो योगदान उपयोगी हुने विश्वास व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकहरूको जीवन सामान्य अवस्थामा फर्काउन सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

1

Scroll to Top