Banijya News

कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता, ४५ पदका लागि प्रतिस्पर्धा हुँदा को को अगाडि ?

1
1.0K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार ५ हजार ४०० मत गणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था रहेकाले मतगणनासँगै उम्मेदवारहरूको मतपरिणामले चासो बढाएको छ।

पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन् भने इन्द्रबहादुर बानियाँले ३ हजार ६४१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र ई. मोहन आचार्यले ३ हजार २९० मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत प्राप्त गरेका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई. अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत पाएका छन्।

सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिन कृष्ण महर्जनले २ हजार ३३४ मत प्राप्त गरेका छन्। बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई. ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई. दीपक बाबु कँडेलले २ हजार १६८ मत पाएका छन्।

त्यसैगरी किरण केसीले २ हजार १३२, उज्ज्वलप्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३ र महेन्द्रकुमार शर्माले २ हजार १२ मत प्राप्त गरेका छन्। मदनकृष्ण श्रेष्ठले १ हजार ९९४ तथा डा. मुकेशराज काफ्ले र डा. सुरजराज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन्।

प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४ तथा डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९० मत प्राप्त गरेका छन्। किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत पाएका छन्।

प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदिपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७५० तथा निलकण्ठ रिजालले १ हजार ७३७ मत प्राप्त गरेका छन्। कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन्।

चित्रबहादुर केसीले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन्। मधुराप्रसाद घिमिरेले १ हजार ४८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४७९ र भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४७४ मत पाएका छन्।

खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत प्राप्त गरेका छन्। कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री के.सी.ले समान १ हजार ३१२ तथा चिरञ्जिवी थापाले १ हजार ३१० मत पाएका छन्। अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन्।

खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१ र हरिप्रसाद आचार्यले १ हजार १५३ मत पाएका छन्। गोविन्दबहादुर शाह (शम्भु) र धर्मराज गौतमले समान १ हजार ११५ तथा दोर्णकुमार कुँवरले १ हजार ११२ मत प्राप्त गरेका छन्।

गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६ र सकलदेव सत्तिहारले १ हजार ५१ मत पाएका छन्। राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्।

मतपरिणामको तल्लो क्रममा दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत पाएका छन्। ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत प्राप्त गर्दा प्रभातमणि ओझाले ५८७ मत पाएका छन्।

खुला केन्द्रीय सदस्यका लागि ४५ जना निर्वाचित हुने भएकाले अन्तिम नतिजा आउन बाँकी रहँदा उम्मेदवारहरूको मतपरिणाममा थप परिवर्तन हुन सक्नेछ। हाल सार्वजनिक विवरण प्रारम्भिक मतगणनाको अवस्था हो। अन्तिम परिणामपछि मात्रै निर्वाचित हुने उम्मेदवारहरूको टुंगो लाग्नेछ।

1

Scroll to Top