सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको बालकुमारीस्थित ‘एथलीट ल्यान्ड प्रालि’मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एथलीट ल्यान्डमा उपलब्ध सेवाहरू उपभोग गर्दा भुक्तानीका क्रममा आकर्षक १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबार छाडेर डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि विभिन्न नवीनतम सेवाहरू सञ्चालनमा ल्याइरहेको छ ।
बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सुरु गरिसकेको छ ।
यसैगरी, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ्ग अकाउन्ट’ जस्ता विशेष खाताहरू पनि बैंकले सञ्चालनमा ल्याएको छ ।
मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर लिने सुविधाका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्सको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूमार्फत करिब २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको प्रवक्ता एवं सूचना अधिकारी नारायण राज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



