Banijya News

सिक्लेस हाइड्रोपावरको १३.३७५ प्रतिशत लाभांश र ७७.४५ प्रतिशत हकप्रद सेयर प्रस्ताव

1
1.0K Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई लाभांश वितरण तथा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा मंसिर २७ गते आइतबार बिहान ११ बजे पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बस्नेछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको १ः०.७७४५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा समावेश गरिएको छ । यसअनुसार कम्पनीले प्रत्येक एक कित्ता सेयर बराबर ०.७७४५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद सेयर निष्काशनबाट कम्पनीले थप पुँजी जुटाउने लक्ष्य राखेको छ । सभाले हकप्रद सेयर जारीबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य आवश्यक प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

1

Scroll to Top