Banijya News

बालेनले दिए मोदीलाई कलात्मक बट्टामा सजिएको रुद्राक्षको विशेष उपहार

1
1.0K Shares

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष प्रदान गरेका हुन्।

प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र सजाएर राखिएको रुद्राक्ष भारतीय समकक्षी मोदीलाई उपहारस्वरूप दिएका थिए। नेपाली मौलिकता र सांस्कृतिक पहिचान झल्काउने उक्त उपहारले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप आत्मीय बनाउने अपेक्षा गरिएको छ।

भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए। नेपाल र भारतबीचको परम्परागत मित्रता, सांस्कृतिक समानता तथा आपसी सद्भावको प्रतीकका रूपमा यस प्रकारको उपहार आदानप्रदानलाई हेरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ। नयाँ दिल्लीमा भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ।

रुद्राक्ष धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। नेपालमा उत्पादित रुद्राक्षले अन्तर्राष्ट्रिय स्तरमा पनि विशेष पहिचान बनाएको छ। काठको कलात्मक बट्टामा राखेर प्रदान गरिएको उपहारले नेपालको परम्परा, हस्तकला र सांस्कृतिक सम्पदालाई समेत प्रतिनिधित्व गरेको छ।

प्रधानमन्त्री शाहको यो उपहार आदानप्रदानले नेपाल र भारतबीचको मित्रवत् सम्बन्धमा सांस्कृतिक पक्षको महत्वलाई उजागर गरेको छ। दुवै देशका प्रधानमन्त्रीबीच भएको यस भेटलाई आगामी दिनमा आपसी सहकार्य र सम्बन्ध विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

1

Scroll to Top