September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

लु्म्बिनी बजेटः पारित गर्न नसकेपछि मध्यरातमा संसद् अधिवेशनै अन्त्य, प्रतिपक्ष अदातल जाने

लु्म्बिनी बजेटः पारित गर्न नसकेपछि मध्यरातमा संसद् अधिवेशनै अन्त्य, प्रतिपक्ष अदातल जाने

लु्म्बिनी प्रदेशमा बजेट पारित हुन नसकेपछि मध्यरातमा संसद् अधिवेशनै अन्त्य गरिएको छ । बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।
यता लुम्बिनी प्रदेशमा भने बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन अन्त्य गरिएको छ । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मुख्यमन्त्रीको सिफारिसमा बिहीबार राति १२ बजे संसदको चालु आठौं अधिवेशन अन्त्य गरिएको हो ।

Advertisement

 

Advertisement

बिहिबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु अघि सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक छोडेर हिँडेका थिए ।विपक्षी दलका सांसदहरुले बहुमत नभएकाले बजेट पास नहुने बताएका थिए । बजेट पास गर्न सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो । तर मध्यरातमा अधिवेशन अन्त्य गरिएको छ ।

लुम्बिनी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलको बैठक बस्ने भएको छ । मध्यरातमा अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलको बस्ने तयारी भएको छ । लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलको नेता वीरेन्द्र कनोडियाले विपक्षी दलको बैठक बस्ने जानकारी दिए । ’मध्यरातमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको सुनियो, हामी विपक्षी दलको बैठक बस्छौं,’ उनले भने, ’यसविरुद्ध हामी अदालत जान्छौं ।’