Banijya News

२१ सय जनशक्ति थप्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

1
1.4K Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजार एक सय जनशक्ति थप्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित चालू आर्थिक वर्ष ०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा स्वास्थ्यले यस्तो प्रस्ताव गरेको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पताल र प्रदेशका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।

1

Scroll to Top