अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७७ ७८ को पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ७ गुणा बढी आर्जन गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ७७ लाख ९७ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीले चालू वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ, यो पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा करिब ४ करोड धेरै हो । गत वर्षको सोही अवधिमा अजोड इन्स्योरेन्सको खुद बिमा शुल्क ७ करोड ९५ लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ छ । त्यस्तै बिमा कोषमा ८ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा छ । इन्स्योरेन्सले हालसम्म ३५ हजार ९५२ वटा बिमालेख जारी गरी ३३ करोड १८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा २ हजार ८७९ बिमालेख नवीकरण भएको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले ५९७ वटा दाबीबापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


