०७ मंसिर, काठमाण्डौ ।
सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड बढी मुनाफा आजैन गरेको छ । सगरमाथाले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.९२ प्रतिशत अर्थात ५४ लाख ७७ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क पनि १०.२२ प्रतिशतले बढेर ३५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३२ करोड ४९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा छ । यो अवधिसम्ममा इन्स्योरेन्सले ५० हजार ८२४ वटा बिमालेख जारी गरेको छ भने ७३ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेको छ ।


