Banijya News

राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्न ११ भाइ दौडमा

1
1.1K Shares

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ११ जना प्रतिस्पर्धामा उत्रेका छन् । मंसिर १२ गते १५ दिनको समय राखेर आवेदन खुलाइएकोमा आइतबार आवेदन दिने अन्तिम दिन हुँदा ११ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा रामबहादुर खड्का, बरिस्मा साउद, सुकल्याण पराजुली, रमेश लम्साल, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, सुरेन्द्र थापा, कृष्णबहादुर कार्की, मनोज सिंह भण्डारी र शेखर बराल छन् ।

कम्पनीको सीईओ छनौटका लागि अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा तीन सदस्य छनौट समिति बनाइएको छ । यो समितिले आवेदकमध्ये योग्यता पुगेका उम्मेदवारहरुको सर्टलिष्टिङ गरी अन्तरवार्ताका लागि बोलाइने छ ।

1

Scroll to Top