सिटिजन लाइफ इन्सुरेन्सले चौथो वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने तयारीमा गरेको छ । सिटिजन लाइफ इन्सुरेन्सको चैंत ११ गते शुक्रबार चौथो वार्षिक साधारण सभा बस्ने भएको छ ।
काठमाडौंको ठमेलमा दिउँसो ३ बजे सुरु हुने छ ।
आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । अब बिमा समितिले न्यूनतम पुँजी ५ अर्ब पु¥याउने नयाँ नियमसँगै कम्पनीले पूँजी बृद्धि गर्नु पने भएको छ ।


