प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सर्वसम्मत रुपमा सञ्चालक सुभाष अमात्य नियुक्त भएका छन् । १६ गते बिहान बसेको सञ्चालक समितिको १२१ औं बैंठकमा समितिका अध्यक्ष डा. आत्मराम घिमिरेले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उक्त पदमा सञ्चालक अमात्यलाई नियुक्त पनि गरेको सूचना उल्लेख छ ।


