Banijya News

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा वैशाख २१ मा, लाभांश र पुँजी वृद्धि प्रस्ताव लगिँदै

1
1.1K Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा वैशाख १२ गते हुने भएको छ ।
कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजे गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पारित गर्नेछ ।
आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८-७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यसैगरी, कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव छ । कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।
साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि वैशाख १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार वैशाख ११ गते नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभा.श पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

1

Scroll to Top