Banijya News

आइएमई जनरलको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

1
1.1K Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा समायोजन भएको छ ।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय २ रुपैयाँ ८० पैसा तोकेको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस शेयर र कर तिर्न ०.३७% नगद लाभांश वितरण गर्दैछ । कम्पनीले २०७९ वैशाख ९ गते साधारण सभा बोलाएको छ । कम्पनीको सभा  काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ।

1

Scroll to Top