शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेबाट ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाई कम्पनीको छ ।
इच्छुक खरीदकर्ताहरुले बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लाजिम्पाटको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
यसअघि शिखरले गत चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।


