Banijya News

एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा

1
1.1K Shares

एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा हुने भएको हो । कम्पनीले सभा वैशाख २१ गते काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने गरी बोलाएको छ ।

 

कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिसत बोनस सेयर दिने प्रस्ताव छ । कर प्रयोजनका लागि ०.३१ प्रतिसत नगद लाभांश दिने प्रस्ताव उक्त सभामा पेश गर्ने भएको हो । त्यसैगरी , निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

 

आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८-७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

 

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एक दिन बुक क्लोज गरेको छ । वैशाख ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने भएका छन् । त्यसैगरी प्रस्तावित लाभांश पनि पाउने भएका हुन् ।

1

Scroll to Top