Banijya News

ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुन महानायक राजेश हमाल

1
1.1K Shares

ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रूपमा पुन महानायक राजेश हमाल रहने भएका छन् ।

कम्पनीको स्थापनाकाल देखि नै महानायक हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच वैशाख २२ गते पुन सम्झौता नवीकरण गरिएको हो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

यस सम्झौता पत्रमा उल्लेख भए अनुसार ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाइफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएका छन् ।

 

त्यस्तै महानायक राजेश हमालले पनि ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । साथै, कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

1

Scroll to Top