क्रेस्ट माइक्रो लाइफ इन्स्यो रेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ ।
कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकोमा सभाले सर्वसम्वत पारीत गरेको छ ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्कासन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
साथै यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुकेलाई नियुक्त गरिएको छ । सभाले आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभामा उपस्थित शेयरधनीहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिंदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जनको घोषणा गरेका थिए।


