Banijya News

सूर्यज्योति लाइफले संकलन गर्यो ११ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क

1
1.1K Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कम्पनीको व्यापार १९.८५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँको नयाँ व्यापार (प्रथम बीमाशुल्क) गरेको छ। यसमा वैदेशिक रोजगार बीमालेख बिक्रीबापत कम्पनीले २७ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ।

अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँको नयाँ व्यापार भित्र्याएको थियो। जसमा वैदेशिक रोजगार बीमालेख बिक्रीबापत कम्पनीले २५ करोड संकलन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार (वैदेशिक रोजगार बीमासहित) ३२.२५ प्रतिशतले बढेको छ।

1

Scroll to Top