Banijya News

सात बीमा कम्पनीले अझै पुर्याउन सकेनन् न्यूनतम् चुक्ता पूँजी

1
1.1K Shares

नेपाल बीमा प्राधिकरणले तोकेको अवधि सकिएको दुई वर्ष पुरा भै सक्दा पनि सात बीमा कम्पनीहरुले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार दुई जीवन बीमा र पाँच निर्जीवन कम्पनीले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।

प्राधिकरणको २०७८ साल चैतमा बसेकोे सञ्चालक समितिको बैठकले जीवनको हकमा पाँच अर्ब र निर्जीवनको हकमा दुई अर्ब ५० करोड पूँजी पुर्याउने निर्णय गरेको थियो । पूँजी कायम गर्नका लागि प्राधिकरणले कम्पनीहरुलाई एक वर्षको अवधि दिएको थियो । तर, तोकिएको अवधि सकिएको दुई वर्ष वितिसक्दा पनि सात कम्पनीले पूँजी पुर्याउन सकेका छैनन् ।

तोकिएको अवधिभित्र पुँजी नपुर्याउने कम्पनीहरुलाई भने प्राधिकरणले कुनै कारबाही गर्न सकेको छैन । प्राधिकरणले गत वर्ष नै पूँजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने भनेको थियो ।

1

Scroll to Top