Banijya News

आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

1
1.2K Shares

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका बीमा गरिएको भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरण लगायतका वस्तुको दावी भुक्तानी तत्काल गर्न निर्देशन दिएका हो ।

प्राधिकरणले क्षतिको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनको आधारमा बीमा वापत अनुमानित दायित्वको बढीमा पचास प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्ने, बीमकले बीमितलाई दावी भुक्तानी गर्नका लागि सम्बन्धित पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा अनुमानित पुनर्बीमा दायित्वको बढीमा पचास प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताएको हो ।

1

Scroll to Top