Banijya News

साढे दुई अर्बको बीमा सरेन्डर

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौसम्म) जीवन बीमा क्षेत्रबाट साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम बीमा समर्पण मार्फत (सरेन्डर) बाहिरिएको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको हो। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुबाट १९ हजार ७४१ वटा बीमालेख समर्पणबाट २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या १९.४७ प्रतिशत र रकम ९.१८ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म कम्पनीहरुले व्यतित बीमालेखको ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी रहेको देखिन्छ। यो रकम १२ लाख १३ हजार ५६२ वटा व्यतित बीमालेखको हो।

अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ११ लाख ८० हजार ६१६ वटा व्यतित बीमालेखको ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म व्यतित बीमालेख संख्या २.७९ प्रतिशत र रकम ५.०७ प्रतिशतले बढेको छ।

1

Scroll to Top