हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाललाई आज (कात्तिक १३ गते) देखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो ।
यसअघिका सीईओ मनोजकुमार लालले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए । सोही दिन नै सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो ।


