Banijya News

एशियन लाईफ इन्स्योरेन्सको नाफामा ५.३० प्रतिशतको वृद्धि

1
1.1K Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा ५.३० प्रतिशत नाफा आर्जन गरेको छ । कम्पनिले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोष ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, रिटेन्ड अर्निङ ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटी ९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोष २८ करोड ७४ लाख, रिटेन्ड अर्निङ ८६ करोड ७० लाख र अन्य इक्विटी ९ करोड ८० लाख रुपैयाँ थियो ।

चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोष ५० अर्ब ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोष ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा जीवन बीमा कोषको आकार ११.९१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँको तुलनामा १२.४९ प्रतिशतले बढी हो ।

यस्तै, खुद बीमाशुल्क आर्जन ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले बढेको छ । ५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.५४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १०.०१ रुपैयाँ थियो । कम्पनीको पीई रेसियो ४४.९४ गुणा र प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ ।

1

Scroll to Top