Banijya News

सन नेपाल लाइफका सीईओ अर्याल काममा फर्किए, चार महिनापछि निर्दोष ठहर

1
1.1K Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ राजकुमार अर्याल आज शुक्रबारबाट नियमित काममा फर्केका छन् । गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले जनाएको छ ।

सिआईबीले गरेको चार महिना लामो अनुसन्धानको क्रममा पनि कुनै चिज फिला नपरेको हो । अर्याललाई सिआईबीले चैत्र २२ गते नै रिहा गरेको थियो । रिहा भएपनि अनुसन्धान अवधिभर काममा नफर्कने भनेर अर्याल कार्यालयमा आएका थिएनन् । सो अवधिमा कम्पनीमा कामु सिईओको जिम्मेवारी कवि फुयाललाई दिइएको थियो ।

अनुसन्धान गर्ने निकायबाट सफाई पाएसँगै अर्याल नियमित काममा फर्केका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आईपिओ शेयर अन्तर्गतको कर्मचारीको भागमा पर्ने शेयर बाँडफाँडमा गडबडी गरेको उजुरीमाथि छानबिन गरेको थियो । तर, सिआईबीले कुनै गडबडी फेला पार्न नसकेपछि सफाई दिएको बुझिएको छ ।

1

Scroll to Top