चैत्र २५, एजेन्सी ।
कोरोना भाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि थप उपचारका लागि अस्पतालको अति सघन कक्ष आइसियुमा भर्ना गरिएको समाचार एजेन्सीले जनाएका छन ।
यसअघि उहाँ आफ्नो स्वास्थ्य टोलीको सहायतामा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा नै बसेका थिए ।
५५ वर्षिय प्रधानमन्त्री जोनसनलाई भेन्टिलेटरमा भने नराखिएको बीबीसीले स्वास्थ्य टोलीलाई उदृत गर्दे लेखेको छ । १० दिन अघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरस पोजिटिभ पाइएको थियो ।
विदेशमन्त्री डोमिनिक राबलाई तत्कालका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्रीले अख्तियारी दिएका थिए ।


