बैंशाख १६ , काठमाण्डाै –
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हन्। उनले नयाँ दिल्लीमा मात्र २ सय जना स्वास्थ्यकर्मी काेभिड १९ को संक्रमण भएका बताएका छन्।
उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मङ्गलबार भने– ‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् ।’ उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।
कोविड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित तर उनले दिएको जानकरीअनुसार कोविड १९को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए।
दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् ।


