बैशाख, १८
काठमाण्डौ – बलिवुडका चर्चित अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या भएका ६७ वर्षीय ऋषि कपूरलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएको हो । अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरको उपचार गरेर भारत फर्किएका उनलाई त्यस यता दुई पटक अस्पताल भर्ना गरिएको थियो ।


