बैंशाख २४, काठमाडौं ।
सात प्रदेशमा छरिएर रहेका गायन पारखीहरुको खोजीका लागि देशभर प्रदेश सिङ्गीङ आइडल अव अनलाईनबाटै हुने भएको छ । गाँउ गाँउमा रहेका नवप्रतिभालाई गायन क्षेत्र मा समेट्ने उदेश्यले पहिलो पटक प्रोभिन्स सिङ्गीङ आइडल को आयोजना गरिएको यो प्रतियोगिता लकडाउन बढ्दै जानु र सामाजिक दुरी बढाउनु पर्ने कारणले गर्दा अनलाईन बाटै गर्न लागिएको बताइएको छ ।
साङ्गीतिक क्षेत्रमा नव प्रतिभालाई अगाडि ल्याउने उदेश्यले स्टुडियो यमन इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सिङ्गीङ आइडलको अडिसन अनलाइनबाटै गर्ने तयारी गरिएको हो । गाँउ गाँउका प्रतिभालाई अगाडि बढाउने लक्ष्य सहित कार्यक्रम राखिएको भएपनि कोरोना संक्रमणले प्रभाव पारेपछि अव अनलाईन कै माध्यमबाट गर्न लागिएको हो ।
प्रतियोगितामा १५ बर्ष देखि ३५ बर्षसम्म उमेरका नव गायक गायिकालाई समावेश गरिने छ । प्रतिभावन कलाकारलाई सुनौलो अवसर हुने भएकोले आफुलाइ मन पर्ने गीत गाएर असार ५ गते सम्म tara261980@gmail.com मा अथवा ९८६१७७९३४० यो नम्बर को whatsaap मार्फत पठाइसक्नु पर्ने कार्यक्रम निर्देशक पाण्डेको भनाई छ । सिङ्गीग आइडलमा उत्कृष्ट १० मा पुगेपछिमात्र भोटिङ्ग खुल्ला गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने आइडललाई नगद १ लाख सहित ४ गीत रेकर्डिङ्ग, द्धित्तिय हुनेलाई ७५ हजार सहित ४ गीत रेकर्डिङ्ग र तृतिय हुनेलाई ५० हजार सहित ४ गीत रेकर्डिङ्गको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
सहभागीहरुले पालना गर्नुपर्ने नियम र छनौट प्रक्रिया निम्न छन्ः –
- आफ्नो अनुहार चिनिने गरिको भिडियो मा खिचेर पठाउनुपर्ने छ ।
- आफ्नो परिचय खुल्नेगरी को ठेगाना (प्रदेश नम्बर , गा. बि. स. वा नगरपालिका नम्बर , टोलको नाम ) र सम्पर्क नम्बर लेखी पठाउनुपर्ने छ ।
- गीत एकल हुनुपर्ने छ, गीतको बोल र गीतका श्रष्ठाको नाम उल्लेख गर्नुपर्ने छ ।
- गीत गाउदा कुनै पनि बाध्यबाजनको प्रयोग गर्न पाइने छैन
- गीत गाइसकेपछी आवाजमा कुनै पनि efect प्रयोग गर्न पाइने छैन , जस्तो गाएको त्यस्तै पठाउनुपर्नेछ ।
- प्रतियोगी को उमेर १५ देखि ३५ वर्ष सम्मको हुनुपर्नेछ , १५ देखि तल र ३५ भन्दा माथी मान्य हुने छैन ।
- गाइसकेपछी माथी उल्लेखित इमेल ठेगाना मा पठाउनुपर्ने छ ।
- प्रतियोगिले आफ्नो प्रस्तुती आगामी असाढ ५ गते सम्म मा पठाइसक्नुपर्ने छ ।
- बिदेशमा रहनुहुने ले पनि भागलिन सक्नुहुनेछ नियम सबैको लागि माथी उल्लेखित लाई पालना गरि हाल कुन देश मा हुनुहुन्छ उल्लेख गर्नुपर्ने छ ।
- गीत रेकर्ड गरिसकेका ब्यक्तिले भाग लिन पाउने छैन । पछि रेकर्ड गरिसकेको खुल्न आएमा
- प्रतियोगिताबाट नाम रद्द गरिनेछ ।
- प्रतियोगिले गाएर माथी उल्लेखित नम्बर को whatsaap मा पनि पठाउन सक्नुहुनेछ ।
- गीत को पहिलो स्थाइ र पहिलो अन्तरा मात्र गाएर पठाउनुहोला ।
प्रतियोगिताको छनौटको लागि तलको नियम लागु हुने छः-
- प्रतियोगी को संख्या अनुसार प्रतियोगीहरु बहिरिदै जानेछन ।
- उत्कृष्ट २० देखि टेलिभिजन बाट प्रशारण गरिनेछ , टेलिभिजन को नाउँ प्री – अडिसन पछि तय गरिनेछ ।
- प्री- अडिसन पछि को छनौट नेपालका ४ ख्यातिप्राप्त कलाकार बाट गरिनेछ जो कार्यक्रम का निणायक हुनेछन ।
- निर्णायक को नाम प्री – अडिसन पछि नै सार्वजनिक गरिनेछ ।
- छनौट मा परेका प्रतियोगीलाई आयोजकले स्वयम सम्पर्क गर्नेछ ।
- उत्कृष्ट २० देखि प्रतियोगीलाई काठमाडौ ल्याइनेछ र काठमाडौ को बसाइमा को जिम्मा आयोजक को हुनेछ ।
- प्रतियोगिहरुको नतिजा फेसबुक पेजमा पनि सार्वजनिक गरिनेछ साथै विभिन्न मिडिया बाट पनि सार्बजनिक गरिनेछ ।
- कार्यक्रम मा प्रायोजन को संख्या बढ्दै गए पुरस्कार राशी पनि बढाइनेछ ।


