सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि २० वटा सीमा नाका तोकेको छ । शुक्रबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल भित्र्याउने २० नाका तोकेको हो । सरकारले पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपाली आउनको लागि खुल्ला गरेको हो ।


