विश्वका अन्य देशमा नियन्त्रणतर्फ उन्मुख भइरहेको कोरोना भाइरस संक्रमण भारतमा भने दिनप्रतिदिन बढदो छ । गएको २४ घन्टामा भारतमा कोरोना संक्रमणको १२ हजार ३ सय ७५ पुगेको छ । जुन संख्या २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ३ सय ८८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २ लाख ८७ हजार १ सय ५५ जना संक्रमित भएका छन् भने ८ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसबाट हालसम्म सबैभन्दा २० लाख ६६ हजार ४ सय १ जना संक्रमित पुगेका छन् भने १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि संक्रमित हुनेमा ब्राजिल रहेको छ ।
ब्राजिलमा पछिल्लो २४ घन्टामा ३३ हजार १ सय संक्रमित थपिएसँगै ७ लाख ७५ हजार १ सय ८४ संक्रमित पुगेका छन् भने ३९ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या भने ७४ लाख ४६ हजार २ सय २९ पुगेको छ । साथै पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ४ लाख १८ हजार १ सय ३७ जनाको मृत्यु भएको ब्लर्डोमिटरले जनाएको छ ।


