संक्रमण नियन्त्रण गर्न सफलप्रायः बनिसकेको अष्ट्रेलियाको भिक्टोरियामा गत महिनायता संक्रमण तीव्र रुपमा फैलिएसँगै पुनः लकडाउन जारी गरिएको थियो ।
कोरोना भाइरस महामारी सुरु भएयता अष्ट्रेलियामा पहिलोपटक एकैदिन १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा ज्यान गुमाउनेको संख्या १ सय ५५ पुगेको छ ।
भिक्टोरियाको राजधानी मेलबर्नमा पछिल्लो २४ घण्टामा ४ सय ५० जना नयाँ संक्रमित भेटिएका छन् । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रले ४० र ८० वर्ष उमेर समुहका १० जनाको मृत्यु भएको जानकारी दिए ।
अस्ट्रेलिया सरकारले मुलुकमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको जनाएको छ । अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कुल संख्या करिब १४ हजार ४ सय ३ पुगेको छ । एजेन्सी


