Banijya News

टर्कीकी प्रथम महिलासँगको भेटपछि बलिउड अभिनेता आमिर खान किन भए बिवादित ? भित्री कारण यस्तो

1
1.1K Shares


चलचित्र सुटिङका क्रममा बलिउड अभिनेता आमिर खान अगष्टमा टर्की पुगेका थिए । उनी नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका लागि टर्की पुगेका हुन् । अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र सन् २०२१ को क्रिसमसमा रिलिज हुन सक्ने बताइएको छ । त्यस्लाई कोरोना संक्रमणले समेत प्रभाव पार्ने देखिन्छ । यो त फिल्मी कुरा भयो । जब आमिर टर्की पुगेर सुटिङमा ब्यास्त भएका आमिर भेटघाटमा समेत उत्तिकै सकृय देखिए । नहुन पनि कसरी उनी भारतीय बलिउडका चल्तीका नायक हुन् । अझ खान परिवार टर्कीमा उनको डिमान्ड त्यसै बढने । त्यही भएर उनी उक पल्ट फेरि विवादमा तानिएका छन् ।


जब आमिर टर्की पुगे उनी त्यहाँ पुगेको चार्चा सबैतीर भयो । चर्चाकै क्रममा उनलाई उनलाई टर्कीकी प्रथम महिला (टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनकी श्रीमती) अमीन एर्दोआनले भेटनको लागि समय मागिन । राष्ट्रपतिकी श्रीमतीले समय मागेपछि उनले समय नदिने कुरै भएन । उनले अमीन एर्दोआनसँग अगष्ट १५ मा भेट गरे । भेटपछि खिचिएको फोटोमा अमीन एर्दोआन सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दे आमिरको तारिफ गरेकि छिन् ।


आमिरसँगको भेटपछि अमीनले ट्वीटरमा लेखेकी छन्, ‘विश्व प्रशिद्ध भारतीय अभिनेता, फिल्ममेकर तथा निर्देशक आमिर खानसँग इस्तानबुलमा भेट्न पाउँदा खुसी लाग्यो । आमिरले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को सुटिङ टर्कीका विभिन्न स्थानमा गर्ने निर्णय गरेको थाहा पाउँदा मलाई खुसी लाग्यो ।’


उनले पोष्ट गरेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा कतिपयले आमिरलाई ‘राष्ट्रघाति’को संज्ञा दिएका छन् भने कतिपयले उनीहरुको भेटलाई रोमान्सको संज्ञा पनि दिएका छन् ।


आमिरको भेट राष्ट्रघाती
टर्कीका राष्ट्रपति एर्दोआन भारत विरोधी हुँन । उनी मुस्लिम राष्ट्रप्रमुख भएकै नाताले पनि पटक–पटक भारत विरोधि अभिव्यक्ति दिँदै आएका छन् । विशेषगरी भारत सरकारले जम्मु–कश्मिरबाट संविधानको धारा ३७० हटाएपछि त्यसको विरोधमा बोलेका थिए । उनी भारत विरोधी भएका कारण नै आमिरले एर्दोआनकी श्रीमती अमीनसँग भेट्दा उनको चौतर्फि विरोध भएको हो । पाकिस्तानको मित्र टर्कीकी प्रथम महिलासँग भेट गरेको भन्दै सामाजिक सञ्जालमा आमिरप्रति आक्रोश पोखिएको हो । हुनत भारतमा मुस्लिम समुदाय प्रति अन्य समुदायको कटाक्ष रहँदै आएको छ । यही सेरोफेरोमा आमिरको उक्त भेटलाई राजनीतिक रङ दिने पनि कोशिस भएको छ । कांग्रेस निकटहरुले आमिर स्वतन्त्र नागरिक भएको हुँदा आफूले चाहेका व्यक्तिसँग भेट्न सक्ने भन्दै समर्थन गरेका छन् । भाजपा, राष्ट्रिय स्वयंसेवक संघ, विश्व हिन्दु परिषद जस्ता संगठनले आमिरको उक्त भेटको विरोध गरेका छन् ।


युवा पुस्ताको संकेत रोमान्सतर्फ
टर्कीमा रहेका आमिर खानलाई टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनकी श्रीमती अमीन एर्दोआनले पहिला भेट्नको लागि प्रस्ताब राखेकी हुन् । उनले समय मागेपछि आमिर उनलाई भेट्नको लागि पुगेका थिए । उनीहरुको भेट सामुन्द्रीक किनारको कुनै आलिसान होटलमा भएको थियो । सामाजिक संजालकर्ताहरुले यसैलाई मसला बनाएका छन् । कतिपयले अमीन भित्रातीर बसेर आमिरलाई समुन्द्री दिशामा राखेको अनी समुन्द्रको छालसित तुलना गर्दे समय विताएको ब्याख्या गरेका छन् । यस्लाई युवा पुस्ताले रोमान्सतर्फको परिदृश्य भनेर ब्याख्या गरेका छन् । ट्ीवटरमा सार्वजनिक भएका फोटाले पनि त्यही संकेत गरेको झै देखिन्छ । फोटामा अमीन अभिनेता आमिरलाई समुन्द्रमा बसेर केही देखाई रहेकी देखिन्छन् । भित्री उद्धेश्य जे होस यतिखेर यस्सले बलिउड राम्ररी तताएको छ । एजेन्सी

https://twitter.com/EmineErdogan?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1294684499075366913%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F08%2F18%2F399595%2F

1

Scroll to Top