Banijya News

होर्मुज स्ट्रेटमा इरान र अमेरिकाबीच तनाव: इरानी सेनाले दियो कडा चेतावनी

1
1.1K Shares

इरान र अमेरिकाबीचको विवाद अहिले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा केन्द्रित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जलमार्गबाट हुने आवागमनमा रोक लगाउने धम्की दिएपछि इरानी सेनाले त्यसको कडा शब्दमा प्रतिवाद गरेको छ।

इरानले अमेरिकी कदमलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’ को संज्ञा दिँदै यसको कडा बदला लिने चेतावनी दिएको छ। युद्धको अवस्था सकिए पनि उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कायमै रहनेछ र कुनै पनि शत्रु राष्ट्रका जहाजलाई आफ्नो समुद्री सीमाभित्र प्रवेश गर्ने अनुमति दिइने छैन।

यो तनावले अब क्षेत्रीय सुरक्षामा समेत ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। इरानले खाडी मुलुकहरूलाई समेत सचेत गराउँदै यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा कि सबैका लागि हुने, कि कसैका लागि पनि नहुने’ जिकिर गरेको छ।

इरानी सेनाका अनुसार यदि अमेरिकी फौजले इरानका बन्दरगाहहरूलाई निशाना बनाएमा त्यसको प्रत्यक्ष असर फारसको खाडी र ओमानको सागरमा रहेका अन्य कुनै पनि बन्दरगाहमा पर्नेछ र ती सुरक्षित रहने छैनन्। अमेरिकाको पछिल्लो धम्कीले विश्वकै प्रमुख तेल आपूर्ति मार्गमा अनिश्चितताको बादल मडारिएको छ।

1

Scroll to Top