Banijya News

कुवेत एयरवेजको नियमित उडान पुनः सञ्चालन हुने

1
1.0K Shares

कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । इरान र अमेरिकाबीचको तनावका कारण केही महिनादेखि स्थगित रहेको सेवा आगामी मंगलबारदेखि पुनः सञ्चालन हुन लागेको हो । एयरलाइन्सका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि नियमित उडान सञ्चालन हुनेछ ।

कम्पनीले यसपटक ठूलो क्षमताको ए३३०–८०० विमान प्रयोग गर्ने जनाएको छ । उक्त जहाजमा एकै पटक २३५ यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ । कम्पनीका अनुसार, प्रारम्भिक चरणमा कुवेतमा रोकिएका तथा काठमाडौंबाट कुवेत जान नपाएका यात्रुलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिनेछ ।

उडान स्थगित भएका कारण टिकट काटेर पनि यात्रा गर्न नपाएका यात्रुले कम्पनीसँग सम्पर्क गरी आफ्नो टिकट पुनः व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको एयरलाइन्सले जनाएको छ ।

कुवेत एयरवेजले गत फेब्रुअरी २८ देखि नेपालका लागि आफ्ना नियमित उडान बन्द गरेको थियो । त्यसअघि एयरलाइन्सले सातै दिन दैनिक उडान सञ्चालन गर्दै आएको थियो ।

1

Scroll to Top