Banijya News

दक्षिण कोरिया बन्यो विश्वको छैटौँ ठूलो सेयरबजार, भारत किन पछि पर्यो ?

1
1.0K Shares

दक्षिण कोरियाको सेयर बजारले हालै विश्वव्यापी इक्विटी बजारको र्याङकिङमा ठूलो फड्को मार्दै भारतलाई समेत पछि पारेको छ । अहिले भारतलाई पछि पार्दै दक्षिण कोरियाको शेयरबजार विश्वको छैटौँ ठूलो बजार बन्न सफल भएको हो ।

ब्लूमबर्गको रिपोर्ट अनुसार, दक्षिण कोरियामा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण यस वर्ष करिब ८६ प्रतिशतले वृद्धि भई झण्डै ५ ट्रिलियन डलर पुगेको छ । जबकि भारतको बजार पूँजीकरण घटेर करिब ४.८ ट्रिलियन डलरमा सीमित भएको छ । अहिले विश्वका शीर्ष इक्विटी बजारहरूमा पहिलो स्थानमा अमेरिका रहेको छ । यसपछि दोस्रोमा चीन, जापान तेस्रो, हङकङ चौथो र पाँचौँमा ताइवान रहेको छ ।

दक्षिण कोरियाको शेयरबजारमा तीव्र वृद्धि हुनुको मुख्य कारण यहाँका दुई प्रमुख टेक कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाईनिक्स इंकलाई मानिएको छ । जसले एआई र सेमीकन्डक्टरको बढ्दो मागबाट ठूलो फाइदा उठाएका छन् । यी दुवै कम्पनी हालै ट्रिलियन डलर क्लबमा प्रवेश गरेका छन्, जसले लगानीकर्ताहरूको विश्वास अझ मजबुत बनाएको छ र सम्पूर्ण कोरियाली बजारमा सकारात्मक प्रभाव पारेको छ ।

विश्लेषकहरूका अनुसार, एआईमा आधारित प्रविधिको तीव्र विस्तारले मेमोरी चिप्सको विश्वव्यापी मागमा उल्लेखनीय वृद्धि ल्याएको छ, जसले सामसुङ र एसके हाईनिक्सको आम्दानी तथा मूल्यांकनमा ऐतिहासिक वृद्धि गराएको छ ।

अर्कोतर्फ, भारतीय बजारमा विदेशी लगानीकर्ताहरूको बिक्री, मुद्राको कमजोरी र एआई तथा सेमीकन्डक्टरजस्ता उच्च विकास क्षेत्रहरूमा सीमित सहभागिताका कारण हालैका दिनहरूमा दबाब देखिएको छ ।

1

Scroll to Top