Banijya News

एडीबीका अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा, ५ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने सहमति

1
1.0K Shares

एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्दाको नेपाल भ्रमणका क्रममा भन्सार सुधारको सम्झौता हुने भएको छ । दुईदिने नेपाल भ्रमणमा आएका कान्दाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेट गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार भन्सार सुधारका लागि ५ करोड अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ६० करोड रुपैयाँको ऋण सम्झौताका लागि सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रकम भन्सार प्रशासनको डिजिटलाइजेसन, आधुनिकीकरण र व्यापार सहजीकरणमा सहयोग पुर्‍याउने लगानी हुनेछ ।

जोखिममा आधारित परीक्षण प्रणाली, प्रक्रियागत सरलीकरण, संस्थागत समन्वय अभिवृद्धि र ढुवानी तथा लजिस्टिक्समा सहजीकरण गर्न पनि ऋण उपयोग हुने मन्त्रालयले जनाएको छ ।

एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो । बहुआयामिक विकासमा ऋण, अनुदान लगायत सहायतामार्फत एडीबीले नेपालमा लगानी गरिरहेको छ । आइतबार राति काठमाडौं ओर्लिएका कान्दा मंगलबार फर्किने तालिका रहेको छ ।

1

Scroll to Top