Banijya News

सलमान भन्दा विराट धनी

1
1.1K Shares

काठमाडौं, पुस १२ । भारतीय सुरपस्टार सलमान खानभन्दा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली धनी देखिए। कोहलीले कमाइमा भारतका चर्चित क्रिकेटरहरूलाई त पछि पारे नै बलिउड स्टारहरुलाई समेत जितेका छन्। कमाइको हिसाबमा यो पालि सलमान खान, शाहरुख खान र अक्षयकुमार समेत पछि परेका छन् उनको अगाडि।

फोर्बस म्यागेजिनले हालै सार्वजनिक गरेको भारतका सय सेलिब्रेटीको आम्दानीको सूचीअनुसार विराट पहिलो स्थानमा छन्। विज्ञापनबाट हुने कमाइ र लोकप्रियताका आधारमा यो सूची तयार पारिएको फोर्बसले जनाएको छ।

अहिले विराटको कमाइ २ सय ५२ करोड ७२ लाख भारु पुगेको छ। कोहलीको कमाइ म्याच फि, बिसिसिआईसँगको सम्झौता, ब्रान्ड एम्बासडर, विज्ञापन, आइपिएलबाट हुने आम्दानी जोडिएको छ। कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रायोजित पोस्टका लागि कम्तीमा एक करोड भारु लिने गरेका छन्।

दोस्रो नम्बरमा रहेका अक्षयकुमारको कमाइ २ सय ९३।२५ करोड निस्कियो। विराटभन्दा बढी कमाए पनि अक्षय लोकप्रियतामा पछि रहेकाले उनलाई दोस्रो स्थानमा राखिएको म्यागेजिनले जनाएको छ।

तेस्रो स्थानमा झरेका सलमानको कमाइ २ सय २९।२५ करोड छ। अमिताभ बच्चन र भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी चौथो र पाँचौ नम्बरमा छन्। अमिताभको २ सय ३९।२५ करोड र धोनीको १ सय ३५।९३ करोड भारु कमाइ छ।शु्ुक्रबार साप्ताहिकबाट

1

Scroll to Top