Banijya News

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस

1
1.1K Shares


फागुन, २०७६, काठमाण्डौ ।
विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन–डे मनाइरहेका छन् । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
नेपालमा पनि केही दशक यता युवाहरुले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् । आज बिहानैदेखि प्रेम साटासाट गर्दै विभिन्न सास्कृतिक कार्यक्रम गरेर यो दिनलाई विशेष दिनको रुपमा यादगार बनाउदैछन् ।

आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई

दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

1

Scroll to Top