Banijya News

महिलामा मानसिक तनाव बढीः तनाब व्यवस्थापनका लागि ठुला खुशीभन्दा आफ्नै वारिपरी खोजीने खुसी काफी

1
1.1K Shares

०४ फागुन, काठमाण्डौ ।
मानिसहरु आफू तनावमा रहेको कुरा सजिलैगरी भन्न सक्छन् मलाई टेन्सन छ। तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ। वानी व्यवहारमा परिवर्तन जस्तै वढी रिसाउने, आफ्नो काममा ध्यान राम्रो नदिने र आफ्नो स्वास्थ्यमा ध्यान नदिने आदी । मानसिक तनावका थुप्रै कारणहरू छन् । हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ त्यो चिजसँग हाम्रो तनाव निधारित हुन्छ । विश्व स्वास्थ्य संगठनको स र्वेक्षणअनुसार पुरुषको तुलनामा महिला बढी मानसिक रोगी हुने गर्दछन् ।
सो अध्ययनअनुसार पुरुषको तुलनामा महिला घरेलु हिंसा, गरिबी, अशिक्षा, बेरोजगारी, असफल र असन्तुष्ट वैवाहिक जीवन तथा प्रतिकूल सामाजिक परिस्थितिबाट गहिरो मानसिक तनाव खेपेर बाँच्न बाध्य भइरहेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकामा गरेको उक्त सर्वेक्षणमा ५ लाख अमेरिकनमध्ये ७० प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाउँदा तनाव हुने स्वीकार गरेका थिए। यस्तै गरी ३० प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने कुरा स्वीकार गरेका छन् ।
चिकित्सकहरुले तनाब व्यवस्थापनका लािग ठूला उपचारको खोजीभन्दा आफ्नै वारिपरी खोजीने खुसी काफी हुने सुझाब दिएका छन् । विशेषज्ञहरुका अनुसार परिवारलाई समय दिने, केटा केटीसँग खेल्न, कुकुर लगायत जनावर पाल्ने वा आध्यात्म लगायत पुजा पाठ गरेर पनि तनाब कम गर्न सकिन्छ। सन्तोष नै ठूलो तनाब व्यवस्थापनको विधि हो।

1

Scroll to Top