Banijya News

गर्भावस्थामा कुन खाना सेवन गर्ने ?

1
1.1K Shares

गर्भावस्थामा  महिलाको अरु बेला तुलनामा भन्दा यो समयमा धेरैनै ख्याल गर्नु पर्दछ । गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खान मिल्दैन भन्ने धेरै भ्रम रहेको पाइन्छ । यस्तो अवस्थामा हाम्रो भान्सामै तयार हुने खाना (दाल भात तरकारी) नै खानु उपयुक्त हुन्छ । 

गर्भावस्थामा एकै पटक धेरै खानु हुँदैन । थोरै थोरै खाना अर्थात २४ घण्टामा कम्तीमा पनि ६ देखि ७ पटकसम्म खानुपर्छ  । हरेक ३-४ घण्टाको फरकमा खाने गर्नुपर्छ । प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ ।

गर्भवती महिलाले प्रसस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ ।

माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ ।

 यस्तो अवस्थामा प्रसस्त पानी पिउनु पर्छ । जसले आमा र बच्चा दुबैको शरीरमा पानीको मात्रा पुग्दछ र अक्सिजनको मात्रा पनि सन्तुलनमा राख्दछ । एक एक गिलास पानी एक एक घण्टाको फरकमा पिउनु पर्छ । एजेन्सी

1

Scroll to Top