११ असार, काठमाडौं ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यो स्वस्थ्यका लागि लाभप्रदक चीज हो । यसले खानाको स्वाद मात्र बढाउँदैन यसमा औषधिय तथा सौन्दर्यबर्धक गुण समेत रहने गर्दछ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ । यसले शरीरमा बिभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउँछ । विशेष गरेर पेट सम्बन्धी समस्याका लागि कागतीको उपयोग अत्यन्तै फाइदाकारी हुन्छ ।
फाइदाहरु :
कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।
रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् ।
एक कागतीको रसमा तीन चम्चा सक्खर, दुई चम्चा पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा रहेको चायाँ जान्छ ।
शरीरको मोटापन हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापन कम हुन्छ ।
मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान र बेलुका कुल्ला गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ ।
पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र विना दाग घाउ निको भएर जान्छ ।
आधा चम्चा कागतीको रसमा दुई चम्चा मह मिलाएर चाट्नाले रुघाखोकीमा फाइदा पुग्दछ ।
मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।
आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन दिदैन ।
शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ ।


