Banijya News

कोरोना लागिहालेमा के खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने? यस्ता छन् उपाय

1
1.1K Shares


०७ असोज, काठमाण्डौ ।


कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित भएको छ । यसबाट बच्ने उत्तम उपाय भनेको भिडभाँडमा नजाने र जानै परे मास्कको प्रयोग, पटक पटक सम्भव भए साबुनपानीको प्रयोग नभए हेन्ड स्यानिटाइजरको प्रयोग गर्न विज्ञहरुले सुझाइरहेका छन् । यसको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान सुभाmव दिइरहेका छन् । यति गर्दा गर्दैपनि यदी कोरोना लागिहालेमा के खाने र आफुलाई तन्दुरुस्त पार्ने त आउनुस् आज यसैबारे छलफल गरौँ ।


कोभिड १९ संक्रमित बिरामीहरुलाई अरुबेलाको भन्दा अझ बढी स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। यो रोग न्यूनिकरणका लागि खाना राम्रोसँग पकाएर खाने तथा घरैमा बनाएको खाना खाने गर्नुपर्छ । यदि घरैमा बनाउन सम्भव छैन भने खाना प्याक हुँदा एक जनाको हातबाट अर्कोको हातमा जाने गर्दछ । त्यस्तो बेला यदी प्याकिङ वाला खाना खाने हो भने सचेत बन्न आवश्यक छ । यस्तो खाना खाँदा ७२ घन्टा अघि स्टोर गर्नु वा स्प्रे गर्न आवश्यक छ । जसले किटाणु मार्ने गर्छ ।


कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको यकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्ने र दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ ।


हालसम्म यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेका सर्वविदीतै छ ।यस्तो अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको उत्तम विकल्प हो।


रोग प्रतिरोधात्मक क्षमता बढाउन सर्वप्रथम त पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसाल्नुपर्छ । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गर्नपर्छ । प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै शरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ । नियमित व्यायाम, योग, तथा हाइकिंग गर्ने तथा खेल खेल्ने बानी बसाल्नुपर्छ ।

त्यस्तै दैनिक १ घण्टा जति घाममा बस्ने गर्नूपर्छ । त्यस्तै, लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गर्नूपर्छ । टुसा उमारिएको गेडागुडी नियमित खाने गर्नुपर्छ ।

त्यसैगरी, दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, हुने हुनाले यसले पाचन प्रणालीलाई सुदृढ गर्छ । पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाने गर्नृपर्छ । दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यदि फलफूल ल्याउँदै हो भने त्यसलाई राम्रोसँग धुुनुुपर्छ । धुँदा पानी नतैरिएसम्म खानुहुँदैन ।

1

Scroll to Top