Banijya News

यो हो मास्क लगाउँदा चस्मामा बाफ बस्न नदिने सरल समाधान

1
1.1K Shares

०८ असोज, काठमाण्डौ ।


अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन् र यो संक्रमणबाट जोगिन अनिवार्य समेत भइसकेको छ । विज्ञहरुका अनुसार घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले सहयोग पु¥याउने गर्छ ।


कोरोनाभाइरसबाट बच्न चस्माको प्रयोग गर्न पनि विज्ञहरुले सुझाइरहेका छन् । तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ त्यो हो, मास्क प्रयोग गर्दा चश्मामा आफ्नै स्वाँसको बाफले चश्मा धमिलो हुने समस्या । यो समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।


बाहिर निस्कनु अघि सर्वप्रथम मास्क प्रयोग गर्ने र त्यसपछि नाकमा रहेको मास्कको सपोर्ट टम्म मिलिसकेपछि त्यसको माथी चश्मा प्रयोग गर्ने गर्नुपर्छ । नत्र पहिले चश्मा लगायो भने चश्माको सिसामा आफ्नै श्वाँसको बाफ जम्न थाल्छ र सबैथोक धमिलो देखिन्छ । मास्क लगाइसकेपछि नाकमा टम्म हुने गरी मिलाउनु पर्छ। मास्कले नाक र मुख छोप्नुका साथै चिउँडो पछि छोपिने गरि लगाउनु पर्छ।


त्यस्तै, अर्को समाधानको उपाय छ टिस्यू पेपरलाई औंलाको चौंडाइमा बेरेर मास्कको माथिल्लो पछिल्लो भागमा टाँसेर नाकको सपोर्ट तथा अनुहारमा टम्म मिलाएर त्यसमाथी चश्मा लगाउने यसो गर्दा आप््m्नो श्वासको कारण चश्मा धमिलो हुने समस्याबाट उन्मुत्ती पाउन सकिन्छ ।

1

Scroll to Top