Banijya News

कर्णालीका दुर्गम चार जिल्लामा एक करोडको खाद्यान्न कार्यक्रम

1
1.1K Shares

जन्म र मृत्युमा निःशुल्क खाद्यान्न, कर्णालीका चार जिल्लाका लागि १ करोड बजेट विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेशका विकट जिल्लाहरूमा जन्म र मृत्युमा निःशुल्क खाद्यान्न वितरण कार्यक्रम ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको वार्षिक कार्यक्रमअनुसार यस योजनाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कार्यक्रम अन्तर्गत कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्लामा जन्म वा मृत्यु भएका हरेक घटनामा ३० केजीका दरले खाद्यान्न वितरण गरिनेछ। दुर्गम भेगमा खाद्य सुरक्षालाई लक्षित गर्दै ल्याइएको यो कार्यक्रमले स्थानीय जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सरकारले लामो समयदेखि खाद्यान्न अभाव झेलिरहेका यी जिल्लाहरूको अवस्था सुधार गर्न विविध कार्यक्रम ल्याउँदै आएको छ। यस कार्यक्रमले खाद्य सहायता वितरणलाई सामाजिक सन्दर्भसँग जोड्ने प्रयास गरेको देखिन्छ।

 

1

Scroll to Top